नेप्से परिसूचक सामान्य अंकले उकालो

काठमाडौं । नेप्से परिसूचक साताको अन्तिम कारोबार बिहीबार प्रि-ओपन सेसनमा करिब साढे १ अंकले बढेको छ । यस सेसनमा सूचक दुई हजार ५७३.०५ विन्दुमा आइपुगेको छ । बुधबार नेप्से ६० दशमलव ५६ अकंले बढेर दुई हजार ५७१ दशमलव ६६ विन्दुमा बन्द भएको थियो ।

 

 

बिहीबारको यस सेसनमा १६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहीबारको सेसनमा सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५० अंक बढेको छ।

 

 

आजको प्रि-ओपन सेसनमा नौ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये पाँच कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी तीन कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।