करेन्ट लागेर एकै घरका चार जना गम्भीर घाइते

काठमाडौं। राजविराज नगरपालिका–६ मा करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् ।

 

 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् ।

 

 

 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन।