क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा सुधार,अबको केही दिन भित्र डिस्चार्ज हुने

काठमाडौं । काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा स्वास्थ्यमा समस्या देखिएपछि असोज ३१ गते बिहान भर्ना हुनु भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा क्रमिक सुधार भएको उहाँले नै बताउनु भयो।  

 

 

 

उहाँले हाम्राे अनलाइनसँगको कुराकानिमा भन्नु भयो स्वास्थ्यमा राम्रासँग सुधार भएको छ,अबको ३/४ दिन भित्र अस्पतालबाट डिस्चार्ज हुन्छु होला,केही दिन स्वास्थ्यमा अलि बढी नै जटिलता देखिएको थियो। अहिले अपेक्षा गरिएको अनुसार नै सुधार भएको महासचिव वैद्यले जानकारी गराउनु भयो। 

 

 

 डाक्टरका अनुसार उहाँको स्वास्थ्यमा उत्साहजनक सुधार देखिएको बताएका छन्। असोज ३१ अस्पतालमा भर्ना हुँदा छातीमा एक्सरे परीक्षण गर्दा फोक्सोमा केही समस्या देखिए पनि अहिले सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन्। 

 

 

महासचिव वैद्यको रगतमा देखिएको संक्रमणमा पनि क्रमिक सुधार भएको उनिहरूले जानकारी दिए ।

 

 

हामीसँग कुरा गर्दै उहाँले भन्नु भयो  हिजो अस्तिको भन्दा धेरै नै सजिलो महसुस भइरहेको र डाक्टरले भने अनुसारको गरि रहेको बताउनु भयो।

 

 

 

त्यस्तै पार्टीका केन्द्रिय सदस्य तथा अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले पनि महासचिव किरणकाे स्वास्थ्य अवस्था बारे जानकारी लिन अस्पताल पुगेका थिए।

 

 

नेकपा (क्रान्तिकारी माओवादी)को काठमाडौं जिल्ला सेक्रेटरीको नेतृत्वमा एउटा डेस्क तयार पारी भेटन आउनेहरुको लागि भेटघाटलाई व्यवस्थित गरिएको छ।