सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा साताको अन्तिम कारोबारको दिन आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ ।

 

नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

 

 

यता तेजावी सुन आज तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै चाँदीकाे मूल्य पनि आज घटेको छ ।

 

 

 

 

चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।