नेपाल र ईण्डोनेशियाबीच आज फुटबल हुँदै

काठमाडौं। नेपालको २३ वर्ष भन्दा मुनिका खेलाडीहरुको टिमले आज ताजकिस्ताममा इण्डोनेशियाको टिमसग मैत्रीपूर्ण खेल खेल्दैछ।

 

नेपाली टिम एएफसी एशिया कप छनौट प्रतियोगिता खेल्न अहिले ताजकिस्तानमा रहेको छ।

 

प्रतियोगिताका लागि नेपाल रहेको बि समूहमा आयोजक टिम ताजकिस्तानका साथै ईरान र लेबनान रहेका छन।

 

 

सोही प्रतियोगिता खेल्न ताजिकस्तान पुगेको ईण्डोनेशियाली टिमसंग आज नेपालले नेपाली समय अनुसार साँझ ५ बजेर ४५ मिनेटमा खेल्दैछ।

 

 

नेपाली टिमले आजको खेलको लागि हिजो ताजकिस्तानमा अभ्यास गरेको थियो।