सुर्खेतमा बम पड्कियो,दुई जना घाइते

काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरमा बम पड्केको छ । बम पड्केर दुई जना घाइते भएका छन् ।

 

वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।

 

 

विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।

 

 

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

 

 

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डीएसपी घर्तीले बताए।