क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य न्यौपानेमाथि गरिएको दुव्र्यवहार र दिइएको धम्कीको संगठनले ग-यो घोर विरोध

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य तथा बर्दियाका जिल्ला अध्यक्ष एवम् जनपथ खबरका प्रबन्ध सम्पादक आयुष न्यौपानेमाथि बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर १ स्थित नेउलापुर स्वास्थ्य चौकीका प्रमुख दिपक बहादुर थापा र ल्याब टेक्निसियन बलबहादुर खत्रीले उपचारको क्रममा दुव्र्यवहार गरेको तथा सो सम्बन्धी सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचार र भिडियो हटाउन सञ्चारमाध्यमलाई दिएको धम्कीप्रति क्रान्तिकारी पत्रकार महासंघले गम्भिर रुपमा ध्यानाकर्षण भएको उल्लेख गर्दै पत्रकार न्यौपानेमाथि भएको दुव्र्यवहार र समाचार तथा भिडियो हटाउन दिएको धम्कीको घोर विरोध तथा कडा शब्दमा निन्दा गरेको छ ।

 

 

महासंघका महासचिव रामकुमार श्रेष्ठले शनिबार एक वक्तव्य जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको ठाडो हस्तक्षेपको रुपमा लिदै यो घटनामा संलग्न नेउलापुर स्वास्थ्य चौकीका प्रमुख दिपक बहादुर थापा र ल्याब टेक्निसियन बलबहादुर खत्रीलाई कानुनी कारबाहीको दायरामा ल्याउन राज्य प्रशासनसँग जोडदार गर्नुभएको छ ।

 

 

 

कार्यालय समयमा कर्मचारीहरु नआएको र सेवाग्राहीले समयमै सेवा प्राप्त गर्न नसकेको जनगुनासो सहितको भिडियो र समाचार प्रकाशित गर्दा गरिने दुव्र्यवहार र प्रकाशित समाचार हटाउन दिइने धम्की क्रान्तिकारी पत्रकार महासंघलाई कदापि सह्य नहुने चेतावनी दिंदै समाचार लेखेकै कारण भौतिक रुपमा असुरक्षित र मानसिक रुपमा प्रताडित हुनुपर्ने स्थितिको अन्त्य गर्न सरकारसँग जोडदार रुपमा माग समेत गरिएको छ ।