नेपालमा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि,थप ३ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ पीसीआर तथा १ हजार ५६४ एन्टिजेन परीक्षण गर्दा यी संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

 

 

 

यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ।

 

 

 

आइतबार ८७७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १० हजार २०१ सक्रिय संक्रमित रहेका छन्।