क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण ८ दिनपछि अस्पतालबा‍ट डिस्चार्ज

काठमाडौं ।दम र श्वासप्रश्वासमा समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा असोज ३१ गते भर्ना हुनु भएका नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणलाई आइतबार अस्पतालले डिस्चार्ज गरेको छ ।

 

अक्सिजनमा राखेर ‘हाइ केयर’मा उपचार गरेपछि महासचिव किरणको स्वास्थ्यमा उल्लेख्य सुधार भएको थियो । दमको पुरानो समस्या भए पनि परीक्षणको क्रममा ब्लडमा इन्फेक्सन र प्रोस्टेट ग्रन्थीमा सामान्य वृद्धि भएको पाइएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

 

 

सामन्य अवस्थामा दुई हप्तापछि फ्लो अपमा आउने गरी अस्पतालले डिस्चार्ज गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

 

 

अस्पताल भर्नाभएपछि क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, पार्टी सम्बद्ध जबस मोर्चाका नेता कार्यकर्ताहरुका साथै उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, मन्त्रीहरु जनार्दन शर्मा प्रभाकर, पम्फा भुसाल, देवेन्द्र पौडेल लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरुदेखि जनसर्वसाधारणसम्मले अस्पतालमा पुगेर महासचिव किरणको स्वास्थ्य स्थितिको जानकारी लिंदै स्वास्थ्य लाभको कामना गरेका थिए ।