देशभरको मौसम बदली, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली रहने भएको छ ।

 

 

जसकारण आज (सोमबार) दिउँसो प्रदेश १, २, वाग्मती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

सोमबार राति पनि गण्डकी, वाग्मती र प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

 

 

 

साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । मंगलबार तराईका भूभागमा मौसममा केही सुधार आउनेछ । देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।