प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको संयुक्त बैठक सुरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक ‘फुलकोर्ट’ बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला शुरु भएको छ ।

 

 

प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट बोलाएका थिए । यद्यपि फुलकोर्ट बस्ने र नबस्ने अन्योल छ । आज इजलास बस्ने सम्भावना पनि देखिएको छैन ।

 

 

यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।

 

 

आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए ।

 

 

 

प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै सुरु गर्नुपर्ने माग बारको थियो ।