बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौंं। पाँचथरमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार चार जनाको मृत्यु भएको हो।

 

 

सोमबार बिहान ११ बजे फिदिम नगरपालिका वडा नम्बर ४ सखरखण्डेमा बस दुर्घटना भएको थियो।

 

 

यासोकबाट फिदिम जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। बस खसेर दुर्घटनामा परेपछि ६१ जना घाइते समेत भएका छन्।