सुडानी सेनाको सैन्य ‘कू’को अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष केसीद्वारा विरोध

काठमाडौं । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सुडानमा भएको सैनिक ‘कू’को विरोध जनाएको छ । २०२१ अक्टोबर २५  का दिन सुडानको सेनाले सत्तामा ‘कू’गरी सत्ता हातमा लिएको छ ।

 

 

 सेनाले प्रधानमन्त्री हामदोकसहित अन्य सरकारी अधिकारीहरु र प्रान्तीय गभर्नर अहमद खालिदलाई गिरफ्तार गरि थुनामा राखेर संकटकालको घोषणा गरेको हो ।

 

 

केन्द्रले आज विज्ञप्ति मार्फत् सो घटनाको विरोध जनाएको छ । हिजो २०२१ अक्टोबर २५ का दिन सुडानको सेनाले सत्ता ” कू ” गरी सत्ता हातमा लिएपछि  प्रधानमन्त्री हामदोकसहित अन्य सरकारी अधिकारीहरु र प्रान्तीय गभर्नर अहमद खालिदलाई  गिरफ्तार गरि थुनामा राखेर संकटकालको घोषणा गरेेको र उक्त सैनिक ” कू ” का विरुद्ध र लोकतन्त्रको पुनर्बहालीको माग राखेर सडकमा उत्रिएका सुडानी जनतामाथि भीषण सैनिक हमला गरेर करीब दर्जनौंको हत्या समेत गरि १५० भन्दा बढी घाइते तुलाइएको घटनाले हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको गंभीर ध्यानाकर्षण भएको छ । 

 

 

 

हाम्रो संगठन  सुडानी सेनाले सुडानी जनतामाथि गरिएको हत्या , हिंसा र गिरफ्तारी तथा मानवअधिकारको घोर उलंघनकाबारेमा घोर विरोध र कडा शब्दमा भण्डाफोर गर्दछ ।

 

 

 

   
हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र गैर न्यायिक ढंगले गिरफ्तार गरि थुनामा राखिएका सुडानी प्रधानमन्त्री हामदोक , प्रान्तीय गभर्नर अहमद खालिद र अन्य सरकरी अधिकारीहरुलाई विनासर्त तुरुन्त रिहा गर्न र सुडानी जनतामाथि चलाइएको सैनिक दमनलाई बन्द गरि हत्याका घटनाहरुलाई तुरुन्तै रोक्न र मानवअधिकारको पूर्णरूपमा पालना गर्न नागरिक सरकारलाई पुनर्बहाली गरेर लोकतन्त्रको पूर्णरूपमा पालना गर्न जोडदार रुपले माग गर्दछ।
 
 
 
 
       
 
साथै हाम्रो संगठनले संसारभर क्रियाशील लेखक तथा पत्रकारहरु , साहित्यकारहरु  , मानवअधिकारवादी संघसंस्थाहरु र व्यक्तिहरुलाई समेत  सुडानी सेनाले सत्ता ” कू ” गरि सत्ता हातमा लिए पछि गिरफ्तारी , धरपकड , थुनछेक र जननरसंहारका विरुद्ध लेख्न , बोल्न , समाचार संप्रेशन गर्न र सुडानी जनताको न्यायको पक्षमा विश्व जनमत सिर्जना गर्ने कार्यमा क्रियाशील हुन हार्दिक अनुरोध गर्दछ ।