चाडपर्वसँगै सुनको मूल्य निरन्तर उकालो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।नेपाली बजारमा चाडपर्व नजिकिएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले बढेको छ ।

 

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार तीन सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

 

 

 

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५६ रुपैयाँ कायम भएको छ । हिजो सोमबार पनि सोही मूल्य कायम भएको थियो ।