प्रधानन्यायाधीश जबराले राजीनामा नदिने

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा नदिने बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफूले पदबाट राजीनामा नदिने बताएका हुन् ।

 

 

 

सर्वोच्च अदालतमा केही समय अघिमात्र भएको न्याधीशहरुको छलफलमामा राजीनामा नदिने जबराले बताएका हुन् ।

 

 

 

न्यायालयमा देखिएका समस्याहरु भ्रष्टाचार, विचौलिया लगायत विषयमा छलफल गर्ने भन्दै न्यायाधीशहरु जबरासँग भेटमा जुटेका थिए‍।

 

 

 

विविध विषय भनिए पनि न्यायाधीशहरुले राणाले राजीनामा दिनुपर्ने सुझाव नै छलफलको केन्द्रमा थियो। उनीहरुले अदालतमा देखिएका समस्या समधान गर्न प्रधान न्यायधीशले मार्ग प्रशस्त गर्नुपर्ने विषय उठाउँदै आएका थिए।

 

 

 

प्रधानन्यायधीशको विरुद्ध सोमवार मात्रै सर्वोच्चका १४ जना न्यायाधीशले इजलास बहिस्कार गरेका थिए।