सैनिकको गोली प्रहारबाट कम्तीमा ७ जनाको मृत्यु

काठमाडौं। सुडानमा सैन्य कब्जाको विरोध गरिरहेका भीडमाथि सैनिकहरूले गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। सो घटनामा करिब १ सय ४० जना घाइते भएका थिए।

 

 

सशस्त्र बलले नागरिक शासन भंग गरेपछि राजनीतिक नेताहरूलाई गिरफ्तार गरी आपतकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन।

 

 

सेनाले सुडानको राजधानी खार्तुममा घरघर गएर स्थानीय विरोध आयोजकलाई पक्राउ गरेको बताइएको छ।

 

सुडानमा भएको सो घटनाको विश्वभर निन्दा भएको छ। र अमेरिकाले सुडानलाई दिदैं आएको सहायता रोकेको छ।

 

 

सुडानमाविद्रोही तर्फका नेता जनरल अब्देल फताह बुरहानले सैन्य कारबाहीका लागि राजनीतिक आन्तरिक कलहलाई दोष दिएका छन्।

 

 

लामो समयदेखि सुडानमा शासक रहेका ओमार अल९बसिरलाई दुई वर्षअघि सत्ताच्युत गरेपछि नागरिक नेताहरू र उनीहरूका सैन्य समकक्षहरूबीच मतभेद छ।

 

 

सोमबार राती ठूलो संख्यामा प्रदर्शनकारीहरू खार्तुमको सडकमा उत्रेका थिए। अन्य शहरहरूमा पनि नागरिक शासन फिर्ताको माग गर्दै प्रदर्शन गरिएको थियो।

 

 

खार्तुम शहरमा अहिले विमानस्थल बन्द छ भने अन्तर्राष्ट्रिय उडानहरू स्थगित छन्। इन्टरनेट र अधिकांश फोन लाइनहरू पनि चलेका छैनन।

 

 

केन्द्रीय बैंकका कर्मचारीहरू हडतालमा रहेको तथा चिकित्सकहरूले आपतकालीन अवस्थामा बाहेक सैन्य सञ्चालित अस्पतालहरूमा काम गर्न अस्वीकार गरेको बताइएको छ।

 

 

विश्व नेताहरूले सैन्य कब्जाको खबरलाई चिन्ताको साथ प्रतिक्रिया दिएका छन्।

 

 

अज्ञात स्थानमा नजरबन्दमा रहेका राजनीतिक नेताहरुको रिहाइको माग गर्दै अमेरिका बेलायत, ईयू, संयुक्त राष्ट्र संघ र अफ्रिकी संघमा सामेल भएका छन जसमा सुडान पनि सदस्य रहेको छ ।

 

 

लामो समयदेखि शासक रहेका ओमार अल९बसिरलाई २०१९ मा सत्ताच्युत गरेपछि सुडानमा नागरिक र सैन्य नेताहरूबीच शक्ति बाँडफाँटको सम्झौता भएको छ।