अलमुताइरी नेपाल फर्कन सहमत

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किन सहमत भएका छन् । अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँग नयाँ सम्झौता गर्न सहमत भएका हुन् ।

 

 

 

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएशन (क्यूएफए))पदाधिकारीसँगको भेटपछि आफू एन्फासँग नयाँ सम्झौता गर्ने निर्णयमा पुगेको अलमुताइरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफूलाई नेपाल फर्काउनका लागि सहयोग गर्ने सबैलाई अलमुताइरीले धन्यवाद भनेका छन्।

 

 

 

‘नयाँ मिसनमा सफलताको कामना गर्दछु । हामी हाम्रो लक्ष्य र आउँदो दुई वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौँ, मेरो वाचा नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समयमात्र चाहिन्छ’, अलमुताइरीले सामाजिक सञ्जालमा भनेका छन्।