एकीकृत समाजवादीले गर्यो नेताहरुको कार्यविभाजन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले विभिन्न नेताहरुको कार्यविभाजन गरेको छ । सो पार्टीले जारी गरेको विज्ञप्ती अनुसार माधवकुमार नेपालले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

 

 

 

यस्तै झलनाथ खनाललाई सम्मानित नेताको पद तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । मुकुन्द न्यौपाने तेस्रो वरीयतामा छन् । उनले उद्योग, वाणिज्य विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

 

 

 

प्रदीप नेपाल पार्टीका प्रतिष्ठानहरूको इन्चार्ज तोकिनुभएको छ । त्यसैगरी, उपाध्यक्ष राजेन्द्र पाण्डे राजकीय मामिला विभाग प्रमुख तथा वाग्मती प्रदेशको संसदीय दलको नेता, प्रमेश हमाल स्कूल विभाग प्रमुख र बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख तोकिएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।