नेपाल र ताजिकिस्तान आज भिड्दै

काठमाडौं। एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ।

 

 

नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ। घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । किनकि नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरिसकेको छ।

 

 

छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो।

 

 

ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो।

 

 

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ।

 

 

छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ।

 

 

समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन्।

 

 

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।