पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता नलिए माफिया,दलाल र भ्रष्टहरूलाइ कालो मोसो दल्ने आयल निगमको गेट अगाडी अध्यक्ष गजुरेलको चेतावनी

काठमाडौं। नेकपा (क्रान्तिकारी मओवादी) निकट अखिल क्रान्तिकारीले आज पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै टेकु स्थित नेपाल आयल निगमको गेट अगाडी नारा जुलुससहित कोणसभा कार्यक्रम सम्पन्न गरेको छ।

 

 

त्यस्तै अहिलेको दलाल देउवा सरकारले पेट्रोल, डिजेल र मट्टितेल,हवाई इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन अध्यक्ष गजुरेलले चेतावनी दिएका छन्।

 

उनले भने शेरबहादुर देउवा नेतृत्वको सरकारले कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनु त परै जाओस्, पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर नेपाली जनतालाइ चार्ड पर्वको वेला ढाड सेक्ने काम गरेको आरोप लगाएका छन्।

 

 

अहिले जनताको दैनिकी चल्न नसक्ने र चुल्होसमेत नबल्ने अवस्था सिर्जना गरिएकाे  र यसलाइ तत्काल फिर्ता लिन गजुरेलले आग्रह समेत गरेका छन्।

त्यस्तै उनले भने सार्वजनिक यातायातले मनपरी भाडा असुल्ने, विद्यार्थी, ज्येष्ठ नागरिक, घाइते, अपाङ्गता भएकाहरुलाई कार्डमा छुट नदिनेजस्ता कार्य भइरहेकाे गजुरेलले बताएका छन्।

 

उनले भने पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगमलगायतका निकायसँग आग्रह गदर्छु यदि फिर्ता भएन भने अहिलेको यो आन्दोलन एउटा दवाब मात्रको हुने छ ,त्यसपछिका आन्दोलन कस्तो हुन्छ त्यो अहिले नै परिकल्पना गरेर बसे हुन्छ जनताले चाहे भने केहुँदैन भन्दै गजुरेले मूल्य वृद्धि तत्काल फिर्ता लिन चेतावनी दिएका हुन्।

 

 

अझै पनि हाम्राे कुरालाइ बेवास्ता गरियाे भने हामी जस्ताे सुकै मूल्य चुकाउन तयार हुने छाैं म अहिले नै भन्छु आयल निगमका कार्यकारी निर्देशकलाइ उनकै कार्यकक्षमा गएर घिसारे सडकमा ल्याउ छाै अनि कालाे मोसाे दलेर ठेगान लगाउने अध्यक्ष गजुरेलले चेतावनी दिएका छन्।

 

त्यस्तै उक्त कार्यक्रम नारा जुलुससहित सुरू गरिएको थियो, भने सो कार्यक्रमको सञ्चालन संगठनकी केन्द्रिय उपाध्यक्ष शिलु न्यौपानेले गरेकी थिइन।

 

उनले अहिलेको सरकार माफिया,दलाल र भ्रष्टहरूको सरकार भएको बताएकी छन्।त्यस्तै उनले आयल निगमका कर्मचारी सचेत नभए निगमको कार्यलयमै आएर कालो मोसो दल्ने समेत चेतावनी दिएकी हुन।

 

त्यस्तै आन्दोलनमा संगठनका केन्दिय सदस्य शुलभ वैद्य ,मिन प्रसाद गिरिलगायतका विद्यार्थी नेताहरूकाे भव्य सहभागीता रहेकाे थियाे।