नेपालमा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि,थप ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र २ हजार १६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

यस्तै पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

 

त्यस्तै यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको सँख्या ७ लाख ९१ हजार ७ सय ८७ पुगेको छ ।

 

नेपाल हाल सक्रिय संक्रमित सँख्या ९ हजार ३ सय ७६ रहेको छ ।