बक्सिङ्गमा बाजुराकी चेली पुनम रावल बनिन् राष्ट्रिय च्याम्पियन

काठमाडौं। बाजुरा जिल्लाकी पुनम रावल बक्सिङ्मा राष्ट्रिय च्याम्पियन भएकी छन्।प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय महिला तथा पुरुष बक्सिङ्मा प्रतियोगितमा रावल प्रथम भएकी हुन।

 

 

६३ केजीमा त्रिभुवन आर्मी क्लवको प्रतिश्प्रधि अर्की संगिता दंगाललाइ हराउदै बक्सिङ्गमा राष्ट्रिय च्याम्पियन सँगै ५ सय युरो नगद पुरुस्कार पाएकी छन् ।

 

 

 

 अहिले उनि त्रिभुवन आर्मी क्लवमा बक्सिङ्ग खेलाडीका रुपमा कार्यरत रहेकी छन् । उनि नेपाली सेनाकाे अम्लदार पदमा रहदै अाएकी छन् ।

 

 

पुनमले नेपालमा मात्र नभइ चिन, भारत, रसिया, इन्डोनेसिया, भेतनान लगायतका देशहरूमा समेत बक्सिङ्गमा प्रतिश्पर्धा गरि सकेकी छन् । याे भन्दा  पहिला पनि राष्ट्रिय च्याम्पियन बनिसकेकि छन् ।

 

 

नेपाली सेनामा कार्यरत रावलले जिल्ला खेलकुद विकास समिति बाजुराबाटै खेल जीवन सुरुवात गरेकी हुन् ।