पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउन ६ पार्टीका नेताहरुले जनाए प्रतिबद्धता

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले दोस्रो चरणको आन्दोलनमा ६ वटा पार्टीका शीर्ष नेतृत्वहरुलाई ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न भएको बताउनु भएकाे  छ ।

 

 पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राखेर सुरु भएको विद्यार्थी आन्दोलन सशक्त बनाउने तयारी भइरहेको अध्यक्ष गजुरेलले जानकारी दिनु भएकाे छ ।

 

 

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलबाट ज्ञापन पत्र बुझाउन सुरु गरिएकोमा शनिबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (मसाल)की नेतृ दुर्गा पौडेललाई र आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा र जनसमाजवादीका नेता डा.बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाइएको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो।

 

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिदासम्म आन्दोलनलाई थप सशक्त बनाउने तयारी भइरहेको अध्यक्ष गजुरेलले जानकारी दिनुभयाे। 

 

 सबै पार्टीका नेताहरुले ज्ञापन पत्र बुझ्दै विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउन सबै प्रकारका सहयोग गरिने प्रतिबद्धता जनाएको अध्यक्ष गजुरेलले जानकारी दिनुभएकाे छ। 

 

ज्ञापन पत्रमा मूल्यवृद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी संगठन देशभर कठोर आन्दोलन सिर्जना गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

 

 

ज्ञापन पत्रमा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल,अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही र अखिल (छैठौं)का अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन्।