क्रान्तिकारी माओवादीले एमसीसी खारेजी,कालापानी क्षेत्रको जनगणना र, पेट्रोलियम पदार्थ मुल्यवृद्धि फिर्ताको माग गर्दै विरोधसभा सम्पन्न

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी)ले एमसीसी सम्झौता खारेज गर, लिम्पियाधुरा-कालापानी-लिपुलेक क्षेत्रमा जनगणना गर, पेट्रोलियम पदार्थ लगायतमा भएको मुल्यवृद्धि फिर्ता गर” भन्ने मूल नाराका साथ काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा विरोधसभा सम्पन्न गरेको छ ।

 

विरोधसभामा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, नेकपा (क्रान्तिकारी माओवादी)का पिविएम तथा प्रदेश ३ का इन्चार्ज दिनेश शर्मा सागर, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङ र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले विरोध मन्तव्य राख्नु भएको थियो ।

 


विरोध सभाको सञ्चालन इन्दिरा अधिकारीले गर्नु भएको थियो । विरोधसभाका प्रमुख वक्ता थापा लगायत अतिथि वक्ताहरुलेएमसीसी सम्झौता कसरी राष्ट्रघाती छ र यो किन खारेजी गर्नुपर्छ भन्ने विषयलाई तथ्य र तर्कसहित स्पष्ट पार्नु भएको थियो ।

 

त्यसैगरी लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्रका नेपाली जनताको जनगणनामा देउवा सरकारले देखाएको उदासिनताको घोर विरोध गर्दै तत्काल जनगणनाको प्रक्रिया अगाडि बढाउन जोडदार माग गर्नुभयो ।

 

त्यस्तै वक्ताहरुले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुमा गरिएको मुल्यवृद्धि अविलम्व घटाउन पनि माग गर्नुभएको थियो ।

 

 


प्रा.डा. भण्डारीले भने दुईवटा कविता मार्फत् सत्ता, व्यवस्था र दलाल शासकहरुको विरोध गर्नुभएको थियो ।

 

नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको संयुक्त आयोजनमा गरिएको विरोध सभामा उल्लेख्य जनसहभागिता रहेको थियो ।