सत्ता लिप्सामा रुमलिँदै वर्तमान सरकार

आखिर सही बिचार कहाँबाट आउँछ ? के आकाशबाट फुत्त झर्छ?अहँ त्यस्तो हुँदैन । के त्यो धर्तिबाट सुटुक्क पलाउँछ ? त्यसरी पनि पलाउँदैन । के त्यो हाम्रो दिमागमा आफसेआफ पैदा हुन्छ रु त्यस्तो पनि हुँदैन । सही बिचार त सामाजिक व्यवहारबाट पैदा हुन्छ । सामाजिक व्यवहार नै सही बिचारको निर्बिकल्प मुहान हो ।

 

 

 

मान्छेको सामाजिक अस्तित्वले नै उसका बिचारको निर्धारण गर्छ । अर्थात्् यसो भनुँ, जब आमजनताले अग्रगामी वर्गको सही बिचार आत्मसात गर्छ, तब त्यो बिचार समाज र संसारलाई बदल्ने भौतिक शक्तिमा बदलिन्छ ।

 

सामाजिक व्यवहारका क्रममा मान्छेले बिभिन्न प्रकारका सङ्घर्ष गरिरहेको हुन्छ । उसका सफलता र असफलताद्वारा प्राप्त अनुभवका आधारमा समृद्ध हुन्छ ।

 

 

ज्ञान सुरुमा इन्द्रीयग्राह्य हुन्छ । अर्थात्, मान्छेका पाँच ज्ञानेन्द्रीय – आँखा, कान, नाक, जिब्रो र छालाद्वारा वस्तुगत बाह्य संसारका असङ्ख्य घटनाको प्रतिबिम्ब मष्तिष्कमा ग्रहण गर्छ ।

 

 

अब धारणाका रूपमा रहेको ज्ञान अर्थात् बिचारले त्यही बेला छलाङ मार्छ, जब इन्द्रीयग्राह्य ज्ञान ठूलो परिमाणमा सङ्ग्रहित हुन्छ । यो ज्ञान प्राप्तिको एउटा प्रक्रिया हो ।

 

 

कुनै व्यक्तिको चेतना या बिचार ९जसमा सिद्धान्त, नीति, योजना, उपाय पर्छ० ले वस्तुगत बाह्य संसारको नियमलाई सही रूपमा प्रतिबिम्बन गर्छ कि गर्दैन, यस चरणमा टुङ्गो लाग्दैन ।

 

 

यस चरणमा व्यक्तिको चेतना या बिचार सही छ या गलत भनेर खुट्याउन सकिंदैन । यस्को निम्ति ज्ञानप्राप्तिको दोश्रो चरण, जुन चरणमा हामी चेतनाबाट पदार्थतर्फ फिर्ता हुन्छौँ, बिचारबाट अस्तित्व तर्फ फर्कन्छौं र पहिलो चरणमा प्राप्त ज्ञान सामाजिक व्यवहारमा उतार्छौं ।

 

 

जसबाट हामी हाम्रो सिद्धान्त, नीति, योजना र उपायले सफलता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने हेर्छौं । सामान्यतः जसमा जो सफल हुन्छ, ऊ सही ठहरिन्छ, जो असफल हुन्छ ऊ गलत हुन्छ । यो कुरा प्रकृतिसँग मनुष्यको सङ्घर्षका सन्दर्भमा विशेष रूपमा सत्य ठहरिन्छ ।

 

 

हाम्रा कतिपय साथीहरू छन्, जो यो ज्ञान सिद्धान्त बुझ्दैनन् । उनीहरूको बिचार, अभिमत, नीति, तरिका, योजना र निष्कर्ष, त्यस्तै गरेर उनीहरूले गर्ने धाराप्रवाह भाषण र लामालामा लेखको मूल आधार वाक्य के हो भनेर सोधियो भने उनीहरूलाई यो प्रश्न नै अनौठो लाग्छ, उनीहरू नाजवाफ हुनपुग्छन् ।

 

 

न त उनीहरू पदार्थको चेतनामा रूपान्तरण र चेतनाको पदार्थमा रूपान्तरण हुन्छ भन्ने कुरा नै बुझ्न सक्छन् । जब कि यस प्रकारको छलाङ हाम्रो दैनन्दिनको जिन्दगीमा विद्यमान रहेको हुन्छ । खास उनीहरूमा यस प्रकारको कमी–कमजोरी रही आउनुको कारण के हो त भने द्वन्द्वात्मक भौतिकवादको गहिराइलाई बुझ्न नसक्नु हो ।

 

 

वर्ग–सङ्घर्ष, सामाजिक क्रान्ति पुँजीवादबाट समाजवादमा रूपान्तरण आदिको सबै देशहरूमा समान आधारभूत सिद्धान्त हुन्छ । तर जतिबेला केही गौण तथा प्रधान सिद्धान्त माथि आधारित भएर तिनको प्रयोगको कुरा आउँछ, त्यतिबेला प्रत्येक राष्ट्रमा भिन्नता दृष्टिगोचर हुन्छ ।

 

 

रुसमा भएको अक्टोबर क्रान्ति र चीनमा भएको नयाँ–जनवादी क्रान्ति त्यस्तै उदाहरण हुन् । आधारभूत सिद्धान्तको सन्दर्भमा यी दुबै क्रान्तिका थुप्रै भिन्नता छन् ।

 

 

उदाहरणका लागि रुसमा भए गरेको अक्टोबर क्रान्ति सहरबाट गाउँतिर विस्तारित भयो भने चीनमा भएको नयाँ जनवादी क्रान्ति गाउँबाट सहरतिर विस्तारित भयो । यी दुई क्रान्तिका थुप्रै भिन्नता मध्ये एक हो यो ।

 

 

नेपालमा पनि देशभक्त स्वाभिमानि नेपाली जनसमूदाय पटक पटक मुक्ति र स्वतन्त्रताको निम्ति जन–सङ्घर्ष र सशस्त्र सङ्घर्षमा दिलोज्यानले नउत्रेका होइनन्, उत्रेकै हुन् ।

 

 

तर हर सङ्घर्षका नेतृत्वदायी भूमिकामा रही आएकाहरू क्रान्तिकारी सिद्धान्तबाट बिचलित भई, आफ्नो व्यक्तिगत स्वार्थमा लिप्तभई पुँजीवादी सोचमा परिणत हुनु पुगेका छन् ।

 

 

जसको परिणाम, जुन वर्ग र व्यवस्थाको विरुद्ध सङ्घर्ष ग¥यो अन्ततः उनै वर्ग र व्यवस्थासँगको सम्झौतामा क्रान्तिकारी सङ्घर्षहरू टुङग्याउने क्रम निरन्तर भयो ।

 

 

 

यसको निम्ति हाम्रो सामू ज्वलन्त उदाहरणको लागि २००७ साल देखि २०६२–०६३ सालसम्म भए गरेका जन सङ्घर्ष र सशस्त्र सङ्घर्षलाई धोकाधडी दिँदै, देशमा प्रजातन्त्र र गणतन्त्र प्रादुर्भाव भयो भनि भ्रमपूर्ण घोषणा गरी ब्रह्मलुट गर्दै आइरहेको स्थिति छ ।

 

 

नेपालमा त्यति बेलाको स्थिति, दुई तिहाई बहुमतीय सरकारको नेतृत्वकारी डबल नेकपाका अध्यक्ष कार्यकारी प्रमुख केपी शर्मा ओली (हाल एमाले) ले पुरै असंवैधानिक तौरतरिका अपनाउँदै आफ्ना आसेपासे (दास, दासिहरू) हरूलाई आफु वरिपरी एकतृत गरी देशको राज्यसत्तामा कब्जा जमाउँदै, देशको राष्ट्रिय स्वाधीनतामाथि साम्राज्यवाद, विस्तारवाद र विदेशी प्रतिक्रियावादीहरूको अत्यधिक चलखेलको आफु तमासे बनी गैरराजनीतिक हरकत भित्र गौरवान्वित हुँदै आइरहेको प्रष्ट देख्नमा आएको थियो ।

 

 

खासमा भन्नै पर्दा, यसैको परिणाम स्वरूप नेपालका आम जनसमूदायको स्थिति आजसम्म पनि चौतर्फी रूपमा जीवन मरणको जटिल समस्यामा जेलिएर जीवन यापन गर्न वाध्य हुन परिहेको छ ।

 

 

देशमा बितिरहेको वर्तमान स्थितिलाई लिएर भन्ने हो भने संसद र संसदीय समितिका बैठकहरूमा देशको आवश्यक्ता अनुरूप सशक्त र प्रभावकारी भूमिका बिना जनताले तिरेको कर आँखा चिम्लेर हसुर्न यिनीहरूलाई लाज लाग्नु पर्ने हो ।

 

 

कामै नगरी राज्यकोषबाट सेवा सुविधा लिन नैतिक रूपले मिल्ने कुरो होइन र मिल्दैन । सत्तारुढ दलका विगतदेखिको क्रियाकलाप हेर्ने हो भने, जनताका काम होइन, भाषण र अहङ्कारी स्वरूप प्रदर्शन व्यतित भइरहेको छ । उनीहरूको आक्रोस, गालि–गलौजले पुरै समाजलाई प्रदुषित तुल्याएको छ ।

 

 

 

मान्छे सामाजिक प्राणि हुनुको सँगै प्रकृतिकै उपज र सदस्य भएकाले, प्रकृतिसँग शत्रुता कायम ग¥यो भने मान्छे पनि डढेलो लागेको बनको बाघ जस्तै असुरक्षित हुन्छ । कोरोना जिवाणु महामारीले त्यो पाठ सिकाएकै छ ।

 

 

वायु प्रदुषण गराउने मुख्य कारणमा, देशका गैरजिम्मेवार सरकारहरूको कार्यविधि बढ्दो अव्यवस्थित शहरिकरण, मापदण्ड बिपरितका कलकारखाना सञ्चालन, दिनानुदिन बन बिनाश अवैज्ञानिक एवम् अविवेकशील विकासका गतिविधि संचालन हुनु हो ।

 

 

त्यस बाहेक डिजलबाट सञ्चालित हुने गाडिको सङ्ख्या दिन प्रतिदिन बढिरहनु, आम जनतामा वातावरण संरक्षण र संवद्र्धनप्रति न्यून चासो हुनुले पनि काठमाडौं लगायत तराई र पहाडि क्षेत्रमा प्रदुषण बढिरहेको छ ।

 

 

 

वायु प्रदुषणले गर्दा काठमाडौंको परिचय ‘विश्वकै सबैभन्दा प्रदुषित शहर’ बन्नु भनेको चानचुने कुरा होइन । नेपालको वर्तमान संविधानको धारा ३० मा मौलिक हकको रूपमा स्वच्छ वातावरणको हकको व्यवस्था गरिएको छ ।

 

 

तर, देश र जनताप्रतिको गैरजिम्मेवार वर्तमान सरकारको क्रियाकलापले गर्दा यो देशका नागरिकहरू स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक केवल कागजमा मात्र सिमित हुन पुगिरहेको छ ।

 

 

 

देशमा परिवर्तनको नाउँमा संसदीय मूल्य र मान्यता भित्रका कम्युनिस्ट काङ्ग्रेस जोसुकै दलका नेता सत्तासिन हुन आइपुगे पनि जनतालाई यसो गर्नु, त्यसो नगर्नु भन्ने आदेश दिँदै गर्ने, तर आफुचाहिँ गतिछाडा तालले हिँड्ने तौरतरिकाले देशका आम जनतामा देशमा सरकार मौजुद रहेको आभाससम्म दिन सकिरहेका छैनन् ।

 

 

विगत कालमा देशभर दोस्रो कोरोना सङ्क्रमण देखा पर्नुसँग काठमाडौं उपत्यकामा सङ्क्रमितको दर बढ्दै जाँदा, सरकारले नै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो ।

 

 

तर, सरकारी पक्षबाट नै आफ्नो आदेश, निर्देशन पालना गरिएन । भन्नुको मतलव प्रधानमन्त्री स्वयम् आफै उपस्थित भई निर्माण कार्य अधुरो छँदै धरहरा उद्घाटन गर्दैगर्दा कार्यक्रम स्थलभित्र भिड त थियो नै कार्यक्रम स्थल बाहिर पनि उद्घाटन हेर्न आउनेको उतिकै घुइँचो थियो । यो त भयो बाहिरको कार्यक्रम ।

 

 

 

यो भन्दा पनि सुन्दासम्म पनि दिक्क लाग्दो कुरा के हो भने, सरकारी प्रधानमन्त्री क्वाटर बालुवाटार भित्रबाटै स्वास्थ्य मापदण्ड उलङ्घन गर्दै बिभिन्न बैठक र भेला सञ्चालन गर्दै आएका थिए ।

 

 

गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै हाम्रोमा प्रधानमन्त्री तथा मन्त्रीहरू नै यस्ता नियम उलङ्घन गरिरहेका छन् ।

 

 

विगत मन्त्रिपरिषद्को बैठकले मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक स्थलमा नित्यपूजा मात्रै गर्ने भिडभाड नगर्ने निर्णय ग¥यो, तर प्रधानमन्त्री तथा मन्त्रीहरूले रामसीताको मन्दिर हस्तान्तरण सम्बन्धी धार्मिक अनुष्ठान गर्ने नाममा हजारौंको भिड गरे र हजारौंको लावालस्कर सहित प्रदर्शन देखाए । के यही हो जनताले सरकारसँग गरेको अपेक्षा ? जनताको अपेक्षा यस्तै बेमौसमी कामबाट परिपूर्ति हुन्छ?

 

 

 

देशमा बितिरहेको वर्तमान स्थितिलाई लिएर भन्नुपर्दा यो सरकार नेपाल जनप्रतिनिधि अर्थात् नेपाली जनताले निर्माण गरेको नभै सर्वोच्च अदालतबाट निर्मित गरेको सरकारलाई नेपालको संप्रभुता र सार्वभौम सत्ता सम्पन्न राष्ट्रको नेतृत्व गर्ने यो शेरबहादुर देउवालाई कुनै अधिकार छैन । खासमा भन्ने नै हो भने सर्वोच्चको प्रधान न्यायाधिसलाई देशको प्रधानमन्त्री नियुक्त गर्ने अधिकार कसले दियो ?

 

 

 

प्रधानमन्त्री नियुक्त गर्नुको सँगै मन्त्रीमण्डलमा भागबन्डा खोज्नु र नेपाल बार एशोसिएशनले भ्रष्ट र असक्षम भन्दै प्रधान न्यायाधिसको राजिनामा माग्दै जबसम्म राजिनामा दिंदैनन् तबसम्म अदालतको सम्पूर्ण कामकुरो ठप्प गर्ने निधो गरेको समेत सुन्नमा आएको छ ।

 

 

 

शासनसत्तामा हाबी बन्दै आइरहेका कार्यकारी प्रमुख शेरबहादुर देउवाको सोच र कार्यविधि हेर्दा जनताको पिडालाई बुझ्न नचाहने र बुझेर आत्मसात गर्न नचाहने मानवता बिहीन शासकका कारण, अहिले दिनदिनै कोरोना सङ्क्रमण बढ्दै आइरहेको र संक्रमितहरूको मृत्युदर पनि बढ्दै गइरहेको छ । खासमा भन्नुपर्दा, यो कोरोनाले मारेको होइन ।

 

 

 

यो त शासकले गरेको नागरिक (जनता) हत्या गर्ने जस्तो जघन्य अपराध गर्न समेत पछि नपर्ने यी मानवता बिहीन भस्मासुर नै हो।

 

 

जबसम्म जनताको पिडालाई आत्मसात गर्ने शासक र त्यसै अनुसारको शासन प्रणाली विकास हुन र गर्न सक्दैन, तबसम्म यसैगरी हामी मध्येका कैयौं असामायिक मृत्यु हुने निश्चित छ । यस्ता देश र जनविरोधीलाई शासनसत्तामा टिकाई राख्ने सत्तारुढ दल र प्रतिपक्ष दलहरू पनि कम जिम्मेवार छैनन् ।

 

 

 

ध्वाँसे वर्तमान सरकारसँग विभिन्न खाले विकासका योजनाहरू त छ, योजना बनाउनु र जनतालाई सुनाउनु कुनै नौलो कुरा होइन । विकासका भाषण त पञ्चायती व्यवस्थामा पनि हुने गर्दथे ।

 

 

विकासको मूल फुटाउने नारा राजाको पालामा पनि सुनिने गथ्र्यो । अहिले देश र जनविरोधी देउवा भस्मासुर सरकार देशको राष्ट्रिय स्वाधीनता समुल नष्ट ध्वस्त पार्न साम्राज्यवाद र विस्तारवादको दलाली गर्दै एमसीसी परियोजना सङ्घीय संसदबाट पास गर्न गराउन कम्मर कसेर लागि पर्दैछन् भने प्रचण्ड र ओलीका पिछलग्गुहरू बाहिर देखावटी रूपमा विरोधी भित्रभित्रै हातेमालो गर्दै यसै कार्यमा सङ्लग्न हुन दिलोज्यानले तत्परता देखाइरहेका छन् । देश र जनताको अपेक्षा यस्तै हावादारी कामकुरोमा निहीत रहेको छ ।

 

 

 

दश वर्षे जनयुद्धको दौरानमा सत्र हजार युवा युवतीहरूको रगतको भेलमा डुबुल्की मार्दै शान्ति सम्झौताको नाममा देश र जनतालाई नाङ्गेझार पार्दै दुनिया सामू ती प्रतिक्रियावादीहरूले चुसेर फालेको हड्डीमा रुमलिंदै गर्दा बालुवाटारको एक कुनामा बसी कोसी पार गरी कुन माइकालालले गणतन्त्रीय व्यवस्था ल्याउला हेरौंन भनि खिशिटिउरी गरी बसेका लोकतन्त्र तथा गणतन्त्र विरोधी के.पी. शर्मा ओलीसँग मितेरी गाँसी आनन्दित मनले रमाउन पुगेका दुनिया मारा पुष्पकमल दाहाल प्रचण्डका मितेरी के।पी।शर्मा ओली अहिले गणतन्त्रलाई तोडेर नेपालमा राजतन्त्रलाई फर्काउने जमर्कोमा लागेर पुर्व राजा ज्ञानेन्द्रसँग मितेरी गाँस्न पुगेका छन् ।

 

 

 

खासमा भन्ने हो भने संसदीय दलका नेताहरू भरपर्दा छैनन् । किनभने नेपालका प्रगतिशील आम जनताको चासो राजतन्त्र होइन, जनगणतन्त्रीय राज्य व्यवस्थाको निम्ति सङ्घर्षशील रही आएका छन् ।

 

 

सचेत स्वाभिमानी देशभक्त क्रान्तिकारी नेपाली जनसमूदायको चाहना भनेको देशमा सर्वहारा वर्गीय अधिनायकत्वमा आधारित जनवादी व्यवस्था कायम गरी सङ्घीय जनगणतन्त्रीय राज्यव्यवस्था मार्फत् देशमा आजसम्म पनि चौतर्फि रूपमा जीवन–मरणको जटिल समस्यामा जेलिएर जीवन यापन गर्न वाध्य नेपाली जनसमूदायलाई स्वतन्त्र र सौहार्दपूर्ण तौरतरिका अपनाई, प्रत्येक जनको आ–आफ्नो क्षमता अनुरूपको बिना भेदभाव काम र मामको व्यवस्था मिलाई सुख–सयल जीवन ज्युन पाउने स्थिति सृजना गर्न देशका तमाम क्रान्तिकारी कम्युनिस्ट, वाम्पन्थी एवम् सम्पूर्ण व्यक्ति समूह र पार्टीहरू एकजुट भई अग्रगामी क्रान्तिकारी छलाङ मारी अगाडि बढ्नु नै आजको राष्ट्रिय आवश्यक्ता हो । यो नै सबै क्रान्तिकारीहरूको मूल उद्देश्य रही आएको छ ।