प्रेस सेन्टर नेपाल चितवनको पाँचौ जिल्ला अधिवेशन सम्पन्न

चितवन।  प्रेस सेन्टर नेपाल चितवनको पाँचौ जिल्ला अधिवेशन जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा सम्पन्न भएको छ।

 

 

सेन्टरका अध्यक्ष प्रकाशमणि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, विशिष्ट अतिथिहरु सह- ईन्चार्ज घनश्याम दाहाल अविनाश, प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी , वाग्मती प्रदेश ईन्चार्ज लक्ष्मण खड्का, प्रेस सेन्टर जिल्ला फ्रयाक्सन ईन्चार्ज रामचन्द्र अधिकारीको उपस्थिति थियोे ।

 

 

 

बागमती प्रदेश अध्यक्ष सुनिल खड्का , नेपाल पत्रकार महासंघ अध्यक्ष नारायण प्रसाद अधिकारी , प्रेस चौतारी सह अध्यक्ष कृष्ण आचार्य , प्रेस युनियन अध्यक्ष अनिल ढकाल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष प्रेम कडेल, जनपत्रकार संगठनका उपाध्यक्ष सूर्य बराल र प्रेस सेन्टर नवलपुरका जिल्ला अध्यक्ष भूमिश्वर शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

 

 

 

फूलको गमलामा पानी हालेर उद्घाटन गरेको कार्यक्रममा स्वागत सुमन गैरेले गरेका थिए। जिल्लाका उल्लेख्य पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी लगायत शान्ता अधिकारी, चिन्तामणि पौडेल,वीर बहादुर सिंजाली, गोपाल परियार, अमरदेव प्रधानलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियोे।

 

 

 

अधिवेशनले सूर्य पाठकको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष राजेन्द्र आचार्य ,समावेशी उपाध्यक्ष सुजिता हमाल, सचिव रविचन्द्र अधिकारी , सहसचिवमा नविनबाबु मरहठ्ठा, हिरालाल गुरुङ , कोषाध्यक्ष किशोरचन्द्र सापकोटा , सदस्यहरुमा हरिप्रसाद उप्रेती , शोभा पुडासैनी , दुर्गा दाहाल , विवेक पोख्रेल , सन्तोष वि.क. र दिप्ती वि.क. लाई चयन गरेको छ।उक्त कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन प्रेस सेन्टरका प्रविण बराल र सहजीकरण राजेन्द्र आचार्यले गरेका थिए।