आज दिउँसो यी स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भुभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

हाल मौसमको अवस्था देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

 

 आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 

 

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भुभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती देशका पहाडी भूभागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

 

 

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

 

देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।