इजरायलले ग-यो हवाई आक्रमण चार सिरियालीको मृत्यु

एजेन्सी। मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।

 

 

यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ ।

 

 

इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ । छ सैनिक र एक नागरिक घाइते भएका सानाले जनाएको छ ।

 

 

 

आक्रमण देशको मध्य भागका स्थानहरुलाई लक्षित गर्री गरिएको समाचार एजेन्सी सानाले जनाएको छ । यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन् ।

 

 

 

सिरियाको हवाई सैन्यबलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेएको सानाले समाचार समितिले जनाएको छ ।

 

 

 

 

सिरियामा व्यक्तिगत आक्रमणहरू विरलै स्वीकार गर्दै आएका इजरायली सेनाले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुलाई टिप्पणी गर्न अस्वीकार गरेको छ ।

 

 

 

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएदेखि इजरायलले सिरियाली भूमिमा सयौं हवाई आक्रमणहरु गरेको छ ।

 

 

 

सरकारी स्थानहरु साथै इरान समर्थित सेनाहरु र लेबनानको हिजबुल्लाह आन्दोलनका लडाकूहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ ।

 

 

इजरायलले बारम्बार छिमेकी सिरियालाई आफ्नो कट्टर शत्रु इरानको ‘लन्चप्याड’ बन्न नदिने बताउँदै आएको छ ।