वरिष्ठ माक्र्सवादी लेखक तथा नेता केसीको “माक्र्सवाद : विकासको इतिहास” पुस्तक प्रकाशित


नेपालको कम्युनिस्ट आन्दोलनमा ६४ वर्षीय हस्तबहादुर केसी स्थापित नाम हो । वरिष्ठ माक्र्सवादी लेखक तथा माओवादी आन्दोलनका क्रान्तिकारी नेताका रुपमा समेत नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर केसी वैचारिक बहस र विभिन्न समयमा हुने राजनीतिक आन्दोलनमा पनि अग्रपंक्तिमा रहँदै आएका व्यक्तित्व हुन् ।

 

माक्र्सवादी चिन्तकका रुपमा स्थापित केसीले अध्ययन, चिन्तन मनन् र समाजमा घट्ने र भएगरेका विविध घटनाक्रमलाई निकै चासोकासाथ हेर्ने र आफ्नो धारणा व्यक्त गर्ने केसीको प्रमुख विशेषता बन्न पुगेको छ । उनै वरिष्ठ माक्र्सवादी लेखक तथा नेता हस्तबहादुर केसीद्वारा लिखित “माक्र्सवाद : विकासको इतिहास” नाम पुस्तक प्रकाशित भएको छ ।

 

 

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सो पुस्तक प्रकाशनमा ल्याएको हो । लेखक केसीका यश अघि माक्र्सवाद दर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व राजनीतिशीत सम्बन्धित झण्डै २ दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशनमा आइसकेका छन् ।
यस पुस्तकमा माक्र्सवादी धारा र संशोधनवादी धाराका विविध प्रवृत्तिहरुका बारेमा समेत चर्चा गरिएको छ ।

 

 

 

प्रस्तुत पुस्तकमा कार्ल माक्र्सले फ्रेडरिक एंगेल्सको सहयोगमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा तमाम खाले अवैज्ञानिक चिन्तन, प्रवृत्ति तथा मान्यताका विरुद्ध सैध्दान्तिक सहकार्य चलाउँदै विश्व सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय र सिंगो मानव जातिको मुक्तिको सिध्दान्तको रुपमा माक्र्सवादको प्रतिपादन गर्नुलाई विश्वको इतिहासमा एक अद्वितीय तथा युगान्तकारी कदम भनिएको छ।

 

 

पुस्तक ४२० पृष्ठ भित्र समेटिएको छ । पुस्तक दर्शनको विकासको इतिहास, माक्र्सवादी दर्शन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, माओवाद, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शन, वैज्ञानिक समाजवाद, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास, नेपालमा माक्र्सवादको प्रयोग, रुस, चीन लगायतका देशहरूमा सम्पन्न भएका महान् जनवादी तथा समाजवादी क्रान्ति र प्रतिक्रान्तिका घटनाहरु, विश्व कम्युनिस्ट आन्दोलनमा चलेका महान् वैचारिक बहसहरु र सर्वहारा वर्गका महान् नेताहरुको योगदान, मालेमावादको रक्षा, प्रयोग र विकासको प्रश्न, संशोधनवमदको जन्म र विकास, उत्तरमाक्र्सवाद, नवमाक्र्सवाद, नवसंशोधनवाद र त्यसले विश्व कम्युनिस्ट आन्दोलनमा पारेको प्रभाव, क्रान्तिकारी माक्र्सवादको ऐतिहासिक कार्यभार र माक्र्सवादी – लेनिनवादी – माओवादी सौन्दर्य दर्शन समेत गरी १२ खण्डमा विभक्त गरिएको छ ।

 

 

यो पुस्तक नेपालको माक्र्सवादी दर्शनशास्त्रको फाँटमा एउटा महत्वपूर्ण उपलब्धि हुने र उत्तरमाक्र्सवादी, नवसंशोधनवादी तथा नवमाक्र्सवादीको बिगबिगी बढिरहेको आजको सन्दर्भमा यस पुस्तकले माक्र्सवादको तमाम अध्येताहरुलाई नयाँ तरिकाले अध्ययन गर्न सहयोग पु¥याउने विश्वास समेत गरिएको छ ।

 

 

नेपाल र विश्व कम्युनिस्ट इतिहास बारेमा ज्ञान लिन चाहनेहरुका लागि पुस्तक पठनीय संग्रनीय रहेको छ । नेपाली र विश्व राजनीतिका प्रवृत्ति र विविध पात्रहरुकाबारेमा एउटै पुस्तकमा यति धेरै जानकारी लिन सफल नेपाली भाषामा लेखिएको यो पहिलो पुस्तक हो । यस प्रकारको गहन दार्शनिक कृति तयार पार्न लेखक केसीले धेरै मिहनत गरेका छन् ।

 

 

पुस्तकको आकार र समेटिएका विषयवस्तुले पनि लेखक अध्ययन र चिन्तनमा धेरै गहिरो गरि लागेको अनुमान गर्न सकिन्छ । पुस्तक पढेर यसमा प्रकाशित सामाग्रीकाबारेमा साङ्गोपाङ्गो समीक्षा र बहस गर्ने जिम्मेवारी नेपालका बौद्धिक र पढेलेखेकाहरुको हो तर हामीले हाम्रा पाठकहरुका लागि भने पुस्तक प्रकाशनको जानकारीका लागि यो सामाग्री प्रकाशन गरेका छौ।

 

लेखक केसीका आगामी दिनहरूमा पनि अझ महत्वपूर्ण विचार सहितका पुस्तक तथा सामाग्रीहरु प्रकाशन हुँदै आऊन् । शुभकामना !