८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा

काठमाडौं। कोरोना महामारीको प्रकोप घट्दै जाँदा उद्योग, व्यवसाय सञ्चालनमा पनि सहजता हुँदै गएको पाइएको छ।

 

 

नेपाल राष्ट्र बैंकले कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी गरेको तेस्रो पुनरावृत्ति सर्वेक्षणले सर्वेक्षणले यस्तो नतिजा देखाएको हो। राष्ट्र बैंकले उक्त प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो।

 

 

ताजा अध्ययन अनुसार यतिखेर ८७.२ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ।

 

 

केन्द्रीय बैंकले अध्ययन कात्तिक ७ देखि १७ गतेसम्म गरेको थियो। त्यसयता पनि कोरोना महामारीको प्रकोप घट्दै गएका कारण सञ्चालनमा आउने उद्योग, व्यवसायको संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ।

 

 

कोरोना महामारी सुरु हुनुअघिको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत रहेको उत्पादन र कारोबार स्थिति ७४.७ प्रतिशत पुगेको समेत सोही अध्ययनले देखाएको छ।

 

 

त्यस्तै, रोजगारीको अवस्थामा पनि सुधार आएर ९७.२ प्रतिशत पुगेको छ। यो पहिला ७७.५ प्रतिशत थियो।

 

 

कात्तिक दोस्रो सातासम्म २०७७ असारको तुलनामा उद्योगरव्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबार लगायतका सुधार आएको राष्ट्र बैंकको अध्ययनमा देखिएको छ।

 

 

कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनपछि औसतमा ६१ प्रतिशत उद्योगरव्यवसाय सञ्चालन हुन सकेका थिएनन्।

 

 

राष्ट्र बैंकले २०७७ मंसिरमा प्रथम र २०७८ वैशाखमा दोस्रो पुनरावृत्ति सर्वेक्षण गरेको थियो। उक्त अध्ययन सर्वेक्षणमा सहभागी व्यवसायीको आधारमा गरिएको हो।

 

 

कोरोनाले व्यवसायमा पारेको असर अध्ययन गर्न केन्द्रीय बैंकले ५२ जिल्लाका ६ सय ७४ उद्योगीरव्यवसायीबाट तथ्यांक संकलन गरेको थियो।

 

 

व्यवसायीका अनुसार पछिल्लो समयमा पर्यटन क्षेत्रका केही होटल, रेस्टुरेन्टबाहेक अधिकांश उद्योग, व्यवसायमा सञ्चालनमा आइसकेका छन्।

 

 

महामारीका कारण कैयौं उद्योग, व्यवसाय सञ्चालनमा आउन नसक्दा केहीले कर्मचारीको पारिश्रमिक कटौती गरेका थिए।

 

 

महामारीले निम्त्याएको समस्याका कारण गत वर्ष आर्थिक वृद्धि दुई प्रतिशत नकारात्मक हुन पुगेको थियो।

 

 

कोरोना महामारीले समस्यामा परेको अर्थतन्त्रलाई सघाउन केन्द्रीय बैंकले दुई खर्ब १२ अर्ब रूपैयाँको पुनर्कर्जा कार्यक्रम घोषणा गरेको थियो।

 

 

 

जुन कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि जारी राखिएको छ। महामारी रोकथामका लागि २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको थियो।

नागरिक दैनिकमा खबर छ।