जुम्लामा बालुवा खानीमा पुरिएर दुईको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं। जुम्लामा बालुवा खानीमा पुरिएर दुई किशोरीको मृत्यु भएको छ। जिल्लाको तिला गाउँपालिका ९ स्थित राँसा गाउँको धाराखोला भन्ने ठाउँमा बालुवा खानीमा पुरिएर दुई किशोरीको मृत्यु भएको हो।

 

 

मृत्यु हुनेमा १९ वर्षकी निली रावत र उनकी बहिनी नाता पर्ने १५ वर्षकी निरमाया रावत रहेका छन्।

 

 

 

शुक्रबार विहान ७ बजे बालुवा संकलन गर्ने क्रममा बालुवा खानी भत्किँदा पुरिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय धनबहादुर रावतले जानकारी दिए। उनका अनुसार हिलोमुक्त गाउँ बनाउनको लागि आवश्यक पर्ने बालुवा लिन उनीहरु बालुवा खानी गएका थिए।

 

 

 

घटनास्थल जुम्ला सदरमुकामबाट करिब ३५ कोष टाढा रहेको छ। गाउँलेबाट घटना भएको खबर प्राप्त भए लगत्तै राराबाट प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थल पुगेका छन्।

 

 

 

मुचुल्काको लागि जिल्ला जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले जनकारी दिइन्।

 

 

 

उनका अनुसार प्रहरीको मुचुल्का र घटनाको प्रकृति हेरेर पीडितलाई राहत उपलब्ध गराइने छ। अहिले घटनास्थलमा जनप्रतिनिधि, स्थानीय, प्रहरीको उपस्थिति रहेको छ।