वरिष्ठ माक्र्सवादी लेखक तथा नेता हस्तबहादुर केसीद्वारा संकलित तथा सम्पादित “माओ त्सेतुङका प्रमुख लेखहरू” नामक पुस्तक प्रकाशित

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले आफ्नो दोस्रो प्रकाशनका रुपमा वरिष्ठ माक्र्सवादी लेखक तथा नेता हस्तबहादुर केसी संकलक र सम्पादक रहेको माओ त्सेतुङका प्रमुख लेखहरु नामक पुस्तक प्रकाशनमा ल्याएको छ ।

 

 

 

केन्द्रको पहिलो प्रकाशनको रुपमा लेखक केसीद्वारा लिखित माक्र्सवाद : विकासको इतिहास नामक पुस्तक यसभन्दा पहिले नै प्रकाशित भएको सर्वविदितै छ

 

दुई खण्डमा विभक्त गरिएको यो संकलन खण्ड – एक मा संकलक÷सम्पादक केसीले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका महान् नेता तथा चिनिया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङको संक्षिप्त्त जीवनी सहित प्रमुख लेखहरु – पुस्तक पूजाको विरोध गर , व्यवहारवारे, अन्तर्विरोधबारे , नयाँ जनवाद , उदारवादको विरोध गर , युवा आन्दोलनको दिशा , पार्टीको कार्यशैली सुधार , घिसेपिटे पार्टी लेखनको विरोध गर , येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन , जनताको सेवा गर , जनयुद्ध , जनसेना , अनुशासनका तीन मुख्य नियम र ध्यान दिनुपर्ने आठ कुरा , सादा जीवन र कठोर संघर्षमा दृढ रहौं र जनतासंग घनिष्ट सम्बन्ध कायम राखौं , निरन्तर क्रान्तिको सिध्दान्त , काम गर्ने तरिका सम्बन्धि सोह्र बुँदा , सही विचार कहाँबाट आउँछ ? दर्शनको प्रश्न ,युवाहरु महान् साँस्कृतिक क्रान्तिका महान् सेनानी हुन् , पार्टी र गुट , पार्टीका सिध्दान्तहरु “ तीन गर र तीन नगर “ , पार्टीमा जनवादी केन्द्रीयता र पार्टीका “ तीन महत्वपूर्ण कार्यशैलीहरु गरि २३ वटा लेखहरु समावेश गरिएको छ ।

 


साथै खण्ड दुई मा माओ त्सेतुङका केही महत्वपूर्ण उध्दरणहरु समावेश गरिएको छ र त्यसमा दर्शनको विषयमा र राजनीतिक अर्थशास्त्र , वैज्ञानिक समाजवाद र अन्य विषयहरु समेटिएको छ ।

 

 

विभिन्न समयमा लेखिएका कमरेड माओ त्सेतुङका दर्शन, सिध्दान्त एवं व्यवहारका बारेमा सिर्जना गरिएका अत्यन्तै महत्वपूर्ण लेखहरुलाई संकलन र सम्पादन गरेर एउटै पुस्तकमा समावेश गरेर प्रकाशनमा ल्याउने काममा वरिष्ठ माक्र्सवादी लेखक एवम् माक्र्सवादी चिन्तक तथा राजनीतिक विश्लेषक कमरेड हस्तबहादुर केसीले आम पाठक र अध्येताहरुलाई निकै सजिलो बनाउनु भएको छ ।

 

 

 

संकलक तथा सम्पादक केसीले कमरेड माओ त्सेतुङका महत्वपूर्ण आलेखहरु संकलन र सम्पादन गरेर नेपालको दार्शनिक तथा राजनीतिक फाँटमा एउटै पुस्तकमा समेटेर नेपाली भाषामा प्रकाशित गरिएको यो पहिलो पुस्तक हो ।

 

 

 

प्रस्तुत पुस्तकको आकारलाई हेर्दा र कमरेड माओ त्सेतुङका छरिएर रहेका अति महत्वपूर्ण लेखहरुलाई बहुतै मेहनतका साथ संकलन ÷ सम्पादन गरेर नेपाली भाषामा माओ त्सृतुङका प्रमुख लेखहरु नामक पुस्तक प्रकाशनमा ल्याउने काम गरेर आम पाठकहरु अध्येताहरुलाई सजिलो बनाउनु भई ठूलो गुण लगाउनु भएको छ । लेखक केसीबाट यस प्रकारका कृतिहरु प्रकाशनमा आउँन , हाम्रो शुभकामना ।