स्पेनमा ओमिक्रोन स्ट्रेनको तेस्रो संक्रमण पुष्टि

स्पेन । कोभिड १९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो संक्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

 

 

सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फ ओमिक्रोन स्ट्रेनको संक्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ ।

 

 

 

यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए।तीनवटै संक्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो।