नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले घटेर ९१ हजार ३ सय कायम भएको छ।

 

 

पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९० हजार ८ सय तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार थियो।

 

 

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार १ सय ९० मा कारोबार भएको थियो।

 

 

 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ।