कांग्रेस सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका सभापति बलायरसहित प्यानल बिजयी

काठमाडौं।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका सभापति वीर बहादुर बलायरसहितको प्यानल बिजयी भएको छ।  

 

 

प्रदेशमा कांग्रेस सभापति शेर बहादुर देउवा र रामचन्द्र पौडेल पक्ष आ–आफ्नो प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए ।

 

 

आज सम्पन्न मतगणनामा देउवा प्यानलबाट प्रदेश सभापतिका उम्मेदवार बनेका वीर बहादुर बलायर प्यानल सहित विजयी भएका हुन ।

 

 

देउवा प्यानलबाट चुनावी मैदानमा उत्रिएका बलायरले पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिएका नारायण दत्त मिश्रलाई ४ सय ८ मतान्तरले पराजित गरेका हुन ।

 

 

कूल खसेका १ हजार ३ मध्ये बलायरले ६ सय ८८ मत प्राप्त गरेका छन भने प्रतिद्वन्द्वी मिश्रले २ सय ८० मत प्राप्त गरेका छन् ।

 

 

यस्तै उपसभापतिमा पनि बलायर प्यानलबाटै जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन ।

 

 

चौधरीले ६ सय १० र अवस्थीले ५ सय २३ मत पाएका छन् । यसैगरी महामन्त्री र सहमहामन्त्रीमा पनि बलायर प्यानलका उम्मेदवारले फराकिलो जित हात पारेका छन ।

 

 

महामन्त्रीमा ६ सय ४८ मत सहित नरनारायण शाह (मनु)र ६ सय ३५ मत सहित मेघराज खड्का विजयी भएका छन् भने सहमहामन्त्रीमा ५ सय २९ मत सहित गोपालदत्त भट्ट, ५ सय ३३ मतसहित चिन्तामणी भट्ट र ६ सय ८६ मत सहित अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन् ।

कुल मत विवरण
कुल खसेको मत:१००३

 
सभापति
बिरबहादुर बलायर – ६८८ विजयी
नारायण दत्त मिश्र – २८०

उपसभापतिमा विजयी

गोपाल सिंह गुरुङ – २८१

जनकराज चौधरी – ६१० 

मन बहादुर रावल – २६३

लोकराज अवस्थी – ५२३ 

हिम बहादुर रावल – १२१

 

महामन्त्री विजयी

नरनारायण शाह मनु – ६४८ 

प्रताप गुर्धामी – १३३

मेघराज खड्का – ६३५  

राम बहादुर शाही – ३०३

सहमहामन्त्री

गोपाल दत्त भट्ट – ५२९ 

चिन्तामणि भट्ट – ५३३  

नरेन्द्र प्रसाद भट्ट – २१२

पदम राज पन्त – २५४

लक्ष्मण बहादुर शाही – १६४

हर्क बहादुर स्वार – ६८

 

सहमहामन्त्री विजयी

अम्बिका कुमारी चलाउने – ६८६

खिना भण्डारी – २२३