आज दिउँसो यी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

 

 

हाल मौसमको अवस्था देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

 

 

आज दिउँसो प्रदेश नं १ को भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भुभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

 

 

त्यस्तै आज राती प्रदेश नं १ र प्रदेश नं २ का भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

 

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ।