क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले वैचारिक तथा राजनैतिक प्रशिक्षण संचालन गर्ने

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले वैचारिक तथा राजनैतिक प्रशिक्षण संचालन गर्ने भएको छ।

 

 

 

  अखिल (क्रान्तिकारी)ले यही मंसिर २५ गते (शनिवार) दिनको ११ बजे वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम त्रिचन्द्र क्याम्पस घण्टाघर काठमाडौंमा संचालन हुने उपाध्यक्ष शीलु न्यौपानेले जानकारी दिनुभयो। 

 

 

प्रमुख प्रशिक्षकमा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल रहनु हुने छ भने प्रशिक्षकमा पार्टीका केन्दीय सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल,उपाध्यक्ष शीलु न्यौपाने र महासचिव पेशल दाहालले विधार्थी नेता तथा कार्यकर्ताहरुलाइ प्रशिक्षित गर्नुहुने उपाध्यक्ष न्यौपाने जानकारी दिनुभयो।

 

 

 

 

वर्तमान समाजमा देखापरेका राजनैतिक लगायत विभिन्न समस्या समाधानका विषयमा समसामयीक परिस्थितिमा युवाहरुको भूमिका,अवसर समस्याहरु तथा राष्ट्रघाती एमसीसी विरुद्धको सचेत आन्दोलनमा सहभागी हुन वामपन्थी,देशभक्त,क्रान्तिकारी,विद्यार्थीहरुसहित सबैले एकपटक एकजुट हुने बेला भएको भन्दै सोहि कुरालाई मध्य नजर गरेर कार्यक्रमको आयोजना गरिएको अखिल (क्रान्तिकारी) की उपाध्यक्ष शीलु न्यौपानेले जानकारी दिनुभएको छ।