एमसीसी कुनै पनि हालतमा पास गर्न दिँदैनौं, हस्तक्षेपकारी आन्दोलनको तयारीमा छौ :नेता सीपी गजुरेल

काठमाडौं। नेकपा (माओवादी क्रान्तिकारी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रीक मार्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।

 

 

 काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताएका हुन् । उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने पनि बताए ।

 

 

 

उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताए ।

 

 

नेता गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताए ।

 

 

 

उनले एमसीसी भनेको अधिकांश नेपालीहरुले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारे ।

 

 

 

नेता गजुरेलले भने, ‘एमसीसीले ध्रुवीकरण ल्याइदिएको छ, यो आशंका र असन्तोषलाई स्पष्ट पार्दै फेरि क्रान्तिकारी आन्दोलनद्वारा नै जनतलाई चेतना दिँदै अघि बढ्नुपर्छ ।

आँखा चिम्लिएर नभई तथ्यबाट सत्य पत्ता लगाउने हाम्रो सिद्धान्त हो । यसलाई पास गर्न हामी दिँदैनौँ ।’

 

 

 

नेता गजुरेलले क्रान्तिकारी आन्दोलनबाट नै जनतालाई चेतना दिँदै अघि बढेर एमसीसी पास हुन नदिने बताए । एमसीसीका कारण देशमा अस्थिरता पैदा भएको भन्दै शक्ति सन्तुलनमा पश्चागामी शक्ति हाबी भए पश्चागमन हुन सक्ने उनको भनाइ थियो।

 

 

 

त्यस्तै पार्टी, जबस मोर्चाले काठमाडौं उपत्यका लगायत देशव्यापी रुपमा दैनिकजसो प्रदर्शन गरिरहेको जानकारी दिनुहुँदै उहाँले आम देशभक्त जनसमुदायलाई देशको स्वाधीनता रक्षाका लागि आन्दोलनमा उत्रन आव्हान समेत गर्नु भयो ।

 

 

नेता गजुरेलले भोलि जबस मोर्चाको, पर्सि २६ दलको र त्यसपछि ६ वटा राजनीतिक पार्टीको संयुक्त आयोजनामा सशक्त विरोध प्रदर्शनका कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो ।

 

 

माओवादी केन्द्रका नेता लिलामणी पोखरेल, विज्ञ डा.सुर्यराज आचार्य लगायतले पनि एमसीसी सम्झौतामा भएका राष्ट्रघाती प्रावधानहरुको दफाबार चर्चा गर्दै खारेज गर्नैपर्ने विचार व्यक्त गर्नुभयो ।

 

 

नेकपा (क्रान्तिकारी माओवादी) निकट जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चले आयोजना गरेको एमसीसी सम्झौता र राष्ट्रिय स्वाधीताको प्रश्न विषयक अन्तर्क्रिया कार्यक्रममा नेताहरुले एमसीसी सम्झौता खारेजीका लागि हस्तक्षेपकारी आन्दोलनको आवश्यकतामाथि जोड दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता सम्पर्क मञ्चका अध्यक्ष विष्णु खड्काले गर्नु भएको थियो ।