बाजुराका लोकप्रीय विकासवादी नेता जनकराज गिरीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी किन? (यस्तो छ,उम्मेदवारी दिनुको कारण)

काठमाडौं । नेपाली काँग्रेस बाजुराका एक मात्र विकासवादी नेताको रुपमा स्थापित भएका पूर्व भुमिसुधार सहायक राज्य मन्त्री जनकराज गिरीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

 

 

बाजुरा जिल्लामा समकालिन नेता मध्ये सबैभन्दा पुराना संस्थापक नेता समेत रहेका गिरीले केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गर्नु भएको हो।

 

 

 

बाजुरा जिल्लामा विकास प्रेमी र सादगी नेताको रुपमा चिनिने नेता गिरी स्पष्ट विचार र पार्टी सुदृढिकरणको अभियान्ताको रुपमा चिनिनु हुन्छ।

 

 

 

आफ्नो व्यक्तिगत स्वार्थ र अवसर भन्दा पार्टी र जनताको हितलाई प्राथमिकता दिने नेता गिरी पार्टी रुपान्तरणमा आफ्नो भूमिका थप प्रभावकारी बनाउन केन्द्रिय सदस्यमा आफुले उम्मेदवारी दिएको बताउनु हुन्छ।

 

 

 

 

२०५६ सालको आम निर्वाचनमा बाजुराबाट चुनाव जितेका गिरी, गिरीजा प्रसाद कोइराला नेतृत्वको सरकारमा पहिलो पटक भूमिसुधार सहायक राज्यमन्त्री समेत बनेका थिए । जनस्तरमा व्यक्तित्व र कामले लोकप्रिय बनेका गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको हो।

 

 

 

बाजुरा काँग्रेसको राजनीतिमा बढी लोकप्रिय र चर्चित रहेका नेता गिरी केन्द्रीय महाधिवेशन प्रतिनिधीको चुनावमा समेत सर्वाधिक मत ल्याएर बलियो नेताहरुका रुपमा स्थापित हुनु भएको छ।

 

 

 

वौद्धिकता र अध्ययनशिल व्यक्तित्व, जिम्मेवारी प्रतिको लगनशिलता, विकास प्रतिको चासो,चिन्ता ,सहज र सरल स्वभावका कारण कार्यकर्ता माझ धेरै नै लोकप्रिय नेताका रूपमा नेता गिरी चिनिनु हुन्छ ।

 

 

 

त्यस्तै नेता गिरीले दल भित्र र बाहिरका सबै नेता कार्यकर्तासँग राम्रो सम्बन्ध स्थापित गरेका कारणले पनि उँहा सबै माझ लोकप्रिय हुनुहुन्छ।

 

 

नेता गिरी शिक्षण पेशा छोडेर राजनीतिमा आउनु भएको थियो,एउटा सामान्ने परिवारमा जन्मेर पनि आमाको अभिभावकीय भूमिका र व्यक्तिगत लगाबकै कारण राजनीतिमा स्थापित बनेको उँहा बताउनु हुन्छ।

 

 

 

नेता गिरी जिल्लामै सर्वमान्य र सर्वस्वीकार्य नेतृत्व भित्र अटाउने नेताको रूपमा आफ्नो छवी बनाउनु भएको छ।

 

 

 

काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई समेत विद्यार्थी राजनीतिमा उर्जा प्रदान गरेर गिरी जिल्ला तहको संगठन निर्माणमा सक्रिय हुनुभएको थियो भने उँहा केन्द्रीय राजनीति भन्दा बाहिर रहनु परेको थियो।

 

 

नेता गिरीले १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवारी दिए पनि त्यो बेला पराजित हुनु भएको थियो।

 

 

अहिले देउवा- सिटौला सहकार्य हुँदा पनि यो पटक केन्द्रीय सदस्यको सूचीमा पर्ने बलियो संभावना रहेको छ,भने यता पौडेल- सिटौला बीचको समीकरण हुँदा पनि गिरी टिममा पर्ने बलियो सम्भावना रहेको उँहा निकट नेता भरत रोकायाले जानकारी दिनुभयो।

 

 

बाजुरा जिल्लबाट यस पटक दुर्गम भूगोलको सहमहामन्त्री पदमा केन्द्रीय सदस्य बद्री पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ,भने केन्द्रीय सदस्यमा बाजुराबाट जनकराज गिरीले उम्मेदवारी घोषणा गर्नु भएको हो।

 

 

 

त्यस्तै बाजुरा जिल्लाबाट महिला केन्द्रीय सदस्यमा जुना दानी,विद्या तिमिल्सिना,दलित केन्द्रीय सदस्यमा पदम नेपाली र महा नेपाली उम्मेदवारी दिने बताइएको छ।

 

 

 

त्यस्तै अहिलेसम्म त्याग गर्दै आएको अनुभव सुनाउदै,यसरी पार्टीमा निरन्तर लागेर प्रत्येकपटक महासमिति सदस्य बन्ने सायद म नै पहिलो नेता हुँला गिरीले भनुभयो। आज पार्टीमा १९ वर्षदेखि ८६ वर्षसम्म उमेर समूहका व्यक्ति महाधिवेशन प्रतिनिधि बनेर आएका छन् ।

 

 

कांग्रेसबाट विमुख भएका युवा कार्यकर्तालाई कांग्रेसतिर आकर्षित गर्ने, देशमा लगानीको वातावरण सिर्जना गर्ने, राष्ट्रियताको भावना अझ दह्रोरूपमा जागृत गराउने,त्यसैले यो बेला पार्टीलाई सबैको प्रिय र पहिलो बनाउने जिम्मेवारी हाम्रो हो ।

 

 

 

अब गुटका मात्रै कुरा गरेर नहुने भन्दै सबैलाई गुटभन्दा माथि उठेर सही नेतृत्व चयन गर्न उहाँको आम नेता–कार्यकर्ताहरूलाइ आग्रह समेत गर्नुभएको छ ।

 

 

 

अबको आम चुनावमा पहिलो पार्टी बनाउनका लागि पार्टीमा धेरै काम गर्नुपर्ने भएकाले अब केही सम्भावना बोकेका व्यक्तिहरु पार्टीको नेतृत्वमा आउनुपर्ने नेता गिरीले बताउनुभयो ।

 

 

 

म भन्दा पछि राजनीतिमा आएकाहरु सहमहामन्त्री, महामन्त्रीमा दाबी गर्दै गर्दा ती सबैलाई मिलाउनुपर्ने अवस्था छ।

 

 

 

गिरी भन्नुहुन्छ,पार्टीले गति लिनका लागि सही विचारसहितको दृष्टिकोण, भोलि मुलुक हाँक्न सक्ने नेतृत्वको आवश्यकता रहेको छ ।

 

 

विपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा होमिएको बताउने गिरीले लोभीपापी नेताहरूले पार्टी बिगारेको बताउनु हुन्छ।