नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

 

 

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ । नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २ :४५ बजे सुरु हुनेछ ।

 

 

 

श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले उपाधि दाबेदार बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।

 

 

 

नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । श्रीलंकालाई हराएर नेपाल उपाधि होड कायम राख्न चाहन्छ ।

 

 

 

श्रीलंका अंक विहीन रहेको छ । श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन । श्रीलंका पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

 

 

नेपाललाई हराएर श्रीलंका पहिलो अंक जोड्ने चाहन्छ । च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ।

 

 

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।