तानसेन नगरपालिकाको राजस्व संकलन पाँच करोड बढी

काठमाडौं। तानसेन नगरपालिकाले आव २०७७/०७८ मा रु पाँच करोड ७६ लाख ४४ हजार राजस्व संकलन गरेको छ । कोभिड– १९ को संक्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ ।

 

 

आव २०७३/७४ मा रु दुई करोड ६८ लाख ८५ हजार संकलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख मधुसुदन घर्तीले बताए ।

 

 

शाखा प्रमुख घर्तीका अनुसार पछिल्ला वर्ष नौ करोड पुर्याउने लक्ष्य रहे पनि कोरोनाले राजस्व संकलनमा प्रभावित भएको हो । नगरपालिकामा जनप्रतिनिधि आएपछि झण्डै ठूलो मात्रामा राजस्वमा वृद्धि भएको हो ।

 

 

नगरपालिकाले १८ शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । राजस्व संकलन गर्न सचेतना अभियान नै सञ्चालन गरिएका थियो ।

 

 

नगरपालिकाले सम्पत्ति, भूमि, घरबहाल, बहाल विटौरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने, अन्य मनोरञ्जन, व्यवसाय कर, सरकारी सम्पत्तिको बहालबाट प्राप्त रकम, अन्य बिक्रीबाट प्राप्त रकमबाट राजस्व प्राप्ति हुँदै आएको छ ।

 

 

 

त्यसैगरी अन्य सेवा शुल्क, न्यायिक दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, अन्य दस्तुर, प्रशासनिक दण्ड, जरिवान र जफत गरी राजश्व प्राप्ति हुन्छ ।

 

 

नगरपालिकाले आन्तरिकरुपमा रु चार करोड ४६ लाख ७७ हजार ६१५ राजस्व प्राप्ति भएको शाखा प्रमुख घर्तीले बताए । राजस्व बाँडफाँटबाट रु एक करोड २८ लाख ६६ हजार ४५७ प्राप्त गरेको थियो । आव २०७६÷७५ मा रु पाँच करोड ७८ हजार राजस्व प्राप्ति भएको थियो ।