काङ्ग्रेस केन्द्रीय सदस्य विद्या तिमिल्सिनाद्वारा कपडा हस्तान्तरण

बाजुरा।  नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य विद्या तिमिल्सिनाले गृह जिल्ला बाजुराका लागि काठमाडौबाट न्यानो कपडा हस्तान्तरण गरेकी छन् ।

 

दुई दिनको बर्षा पश्चात् अत्याधिक हिमपात भएर चिसो बढेसँगै बाजुरामा बृद्धवृद्धा, केटाकेटी र अशक्तलाई बढी चिसाेकाे मर्का परेपछि केन्द्रिय सदस्य तिमिल्सिनाले कपडा हस्तान्तरण गर्नु भएकाे हाे।

 

 

 चिसाेलाई दृष्टि गरेर केहि हदसम्म राहत होस भन्ने उद्देश्यले न्यानो लुगाहरु ज्याकेट, स्विटर, टोपीलगायतका सामाग्री नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती सदस्य धनलाल पाध्याय (तिमिल्सिना) लाईहस्तान्तरण गरेकी छन्।

 

 

राजनीति सँगै समाजसेवामा रहेकी तिमिल्सिना विभिन्न परोपकारी संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ।