काँग्रेस बाजुराका पार्टी सभापति रावलको नेतृत्वमा योजना आयोगका उपाध्यक्ष पौडेललाइ बुझाइयो योजानासहितको प्रस्ताव

काठमाडौं।नेपाली काँग्रेसका बाजुरा जिल्लाका पार्टी सभापति सहितको टोलिले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेललाइ भेटेर योजानासहितको प्रस्ताव बुझाएको छ।

 

 

 

त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर,राष्ट्रिय योजना आयोगका सल्लाहकार ई.सुबास चन्द्र बराल, प्रदेश योजना आयोगका सदस्य मोहन देव बिष्टलगायतलाइ योजानाहरूको प्रस्ताव बुझाइएको भरत रोकायाले बताउनु भयो।

 

 

 

उँहाले भन्नु भयो बाजुरा जिल्लामा विकासका समस्या दर्शाउदै हामीले आज योजना आयोगका उपाध्यक्ष र सल्लाहाकार, प्रदेश योजना आयोगका सदस्यलगायतलाइ योजानासहितको प्रस्ताव बुझाएका छौं ।

 

हामीले आशा राखेका छौं छिटै हाम्रो प्रस्तावको योजना आयोगले सुनुवाइ गर्नेछ उनले भने। 

 

नेपाली काँग्रेस बाजुराले जिल्ला बासीको मुहार फर्ने योजनाका साथ सम्भावित योजानाहरूका प्रस्ताव पेस गरेको नेता रोकायाले बताए। 

 त्यस्तै योजना आयोगमा प्रस्ताव बुझाउनेमा नेपाली काँग्रेस बाजुराका जिल्ला पार्टी सभापति रामसिहं रावल, उपसभापति पदम बडुवाल, प्रदेश (ख) सभापति रंग खाती, नेता देब बहादुर रोकाया, सचिव तिलक पुरी, समन्वय प्रमुख नरेन्द्र रोकाया, महाधिवेशन प्रतिनिधि हर्क खडायत, सुमन केसी, कपिल केसी,किवता बिष्ट, प्रदेश (ख) उपसभापति शेर बहादुर सिहं, सचिव दिल बहादुर थापा, नेविसंघ नेता जनक थापा, तपेश रावल, कर्मचारी युनियन अध्यक्ष तिलक थापा, शिक्षक संघ अध्यक्ष प्रेम राज पाध्याय, जनक शाही, महिला संघ अध्यक्ष अमृता सिहंलगायतका नेताहरूको उपस्थितिमा सो प्रस्ताव बुझाइएको नेता भरत रोकायाले बताए।

 

उनले भने जिल्ला कार्यसमिति सहस्यहरू लगायत अन्य तह तप्काका नेता कार्यकर्ताहरूकाे समेत उपस्थितिमा साे प्रस्ताव बुझाइएकाे हाे। हामीले आसा गरेका छाैं यी प्रस्ताव गरेका योजनाहरू बाजुरामा छिट्टै लागु हुने छन् उनले भने ।

 

हेर्नुस् योजनाहरूकाे प्रस्ताव-