क्रान्तिकारी माओवादीको प्रदेश १ मा तीनदिने स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

उदयपुर। नेकपा (क्रान्तिकारि माओवादी)१ नम्बर प्रदेश समितिले संचालन गरेको तीनदिने प्रदेश स्तरीय स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम उदयपुरको लालपत्तामा समापन गरिएको छ ।

 

समापन कार्यक्रमका प्रमुख अतिथि तथा स्कुलिङ विभागका अध्यक्ष परि थापाले स्कुलिङबाट सिकेका ज्ञानलाई वर्गसंघर्ष र संगठन निर्माणमा जोडेर लैजानु पर्ने बताउनुभयो । उहाँले आगामी दिनमा तल्ला कमिटिसम्म यस्ता स्कुलिङ कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनु भयो ।

 

 

पार्टीका केस तथा प्रदेश १ का सेक्रेटरी सिताराम बुढाथोकी उदयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिबिएम सिताराम तामाङ, पार्टी केस तथा स्कुलिङ विभागका सचिव हस्तबहादुर केसी, पीवीएम कमल चौधरी र पीवीएम तथा अनेकि महासंघ(क्रान्तिकारी)का महासचिव धनेश्वर पोखरेलको आतिथ्यता रहेको थियो ।

 

 

उक्त कार्यक्रममा केन्द्रिय सदस्य डिल्ली राम बोहोरा र बिमलले पनि आआफ्नो धारणा राख्नु भएको थियो भने सबै जिल्लाबाट सेक्रेटरी र प्रतिनिधिहरुले अनुभूति मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र पनि बितरण गरिएको थियो ।

 

 

२० गतेदेखि संचालन भएको उक्त स्कुलिङ कार्यक्रममा मार्क्सवादीका तीन संघटक अंगहरु दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका समग्र बिषयहरुमा प्रशिक्षण दिइएको थियो ।

 

 


दर्शनमा हस्तबहादुर केसीले मार्क्सवादी दर्शन अन्तर्गत मार्क्सवादीको इतिहास, मार्क्सवादी द्वन्दवाद, द्वन्दवादका नियमहरु, अन्तरविरोधका बिषय र मार्क्सवादी ज्ञान सिद्धांत र ऐतिहासिक भौतिकवाद, साम्राज्यवाद र सर्बहरा क्रान्तिको युगमा दर्शन तथा मार्क्सवादका ऐतिहासिक कार्यभारबारे स्कुलिङ गर्नु भएको थियो ।

 

 

त्यसैगरी परि थापाले बैज्ञानिक समाजवाद अन्तर्गत द्वन्दवादका प्रबर्गहरु र ऐतिहासिक भौतिक अन्तरगत समाज चेतनाका रुपहरु र बैज्ञानिक समाजबाद अन्तरगत पार्टी र पार्टी अनुशासन पद्धतिबारे स्कुलिङ गर्नु भएको थियो ।

 

 

 

सिताराम तामाङले भने राजनीतिक अर्थशास्त्र र मार्क्सवादी अर्थशास्त्रका बिषयमा र कमल चौधरीले ऐतिहासिक भौतिकवाद अन्तर्गत मानव समाजको बिकासको बारेमा र जातिको बिकासको बारेमा स्कुलिङ गर्नु भएको थियो ।