एमालेको नुवाकोट जिल्ला अध्यक्षमा बद्री मैनाली सर्वसम्मत चयन

काठमाडौं। नेकपा एमालेको नुवाकोट जिल्ला  अध्यक्षमा बद्री मैनाली सर्वसम्मत चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनले उनको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

 

 

मैनालीे १० बुँदे सहमति अनुसार यसअघि पनि एमाले अध्यक्ष नै थिए । उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल,उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य सर्वसम्मत चयन भएका छन् ।