भारत–चीनबीच सीमा क्षेत्रमा आरोप–प्रत्यारोप

काठमाडौं। तीन वर्षदेखि हिमालय क्षेत्रमा भारत र चीनबीच तनाव साम्य भएको छैन। हालै गलवान उपत्यकामा चिनियाँ झन्डा देखिएपछि भारत झस्किएको छ। उसले प्याङयोङ सो क्षेत्रमा चीनले पुलसहितका संरचना बनाइरहेको भन्दै त्यसलाई अवैध रूपमा चिनियाँ कब्जा भनेको छ।

 

 

 

दुई देशबीच सन् २०१९ देखि सीमा क्षेत्रमा विवाद छ। दुवै पक्षले सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएका छन् भने सीमा क्षेत्रमा अत्याधुनिक हतियार पुर्‍याएका छन्। दुवै पक्षको सैन्य तहमा पनि यसबीचमा संवाद हुँदै आएको छ, तर समाधान भइसकेको छैन।

 

 

 

‘सीमा क्षेत्रको वस्तुस्थितिला र सतर्कतापूर्वक हामी अनुगमन गरिरहेका छौँ,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीलाई उद्धृत गर्दै इन्डिया टुडेले लेखेको छ। उनले चिनियाँ सुरक्षा जोखिमको मुकाबिला गर्न भारतले पनि सीमा क्षेत्रमा पूर्वाधार बनाइरहेको र यसमा थप ध्यान दिइनेसमेत बताए।

 

 

 

पछिल्ला सात वर्षमा सीमा क्षेत्रमा भारतले पुल, सडक निर्माण गर्दै आएको प्रवक्ता बाग्चीको भना थियो। त्यसका लागि सरकारले पर्याप्त बजेट छुट्याएको उनले बताए। अरुणाचल प्रदेशका विभिन्न नदी, हिमालयको नाम चीनले परिवर्तन गरेकोमा पनि भारतले असन्तुष्टि जनाएको छ।

 

 

 

 

यसलाई अस्वीकार गर्दै भारत सरकारले चीनलाई कूटनीतिक नोट पठाएको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ। चीनले भने अरुणाचल प्रदेशलाई तिब्बतको अभिन्न अंग दाबी गर्दै आएको छ।

 

 

 

हरेक भारतीय उच्च सरकारी अधिकारीहरूको अरुणाचल प्रदेश भ्रमणको चीनले विरोध जनाउँदै आएको छ। तर, भारतले चिनियाँ दाबीलाई अस्वीकार गर्दै आएको छ।