काठमाडौं उपत्यकामा मात्र ६१५ जना कोरोना संक्रमण

काठमाडौं ।काठमाडौं उपत्यकामा ६१५ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४९१, भक्तपुरमा २५ र ललितपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।

 

 त्यसैगरी आज देशभर संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने आज २२४ जना संक्रमणमुक्त भएका छन् ।

 

आज देशभर होम आइसोलेसनमा ६ हजार १२७ जना र जना संस्थागत आइसोलेसनम ६२८ जना रहेका छन् । तीमध्ये ७० जना आईसीयूमा, १६ जना भेन्टिलेटरमा र ११३ संस्थागत क्वारेन्टिनमा रहेको रहेका छन् ।

यो सँगै आजसम्म कोभिड १९ का सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।