भारतमा सोमबार मात्र १ लाख ७९ हजार संक्रमित थपिए

दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७२३ जना कोभिड(१९ संक्रमित थपिएका छन् ।

 

 

 

सोही अवधीमा थप १४६ जनाको मृत्यु भएको छ । भारतको सक्रिय संक्रमित संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ ।४६ हजार ५६९ जना कोरोनाबाट निको भएका छन् ।

 

 

 

पछिल्लो २४ घण्टामा थप ४१० वटा ओमिक्रोन संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म ओमिक्रोनका कूल ४०३३ केस पुष्टि भएका छन् । आजैदेखि भारतमा बुस्टर डोज पनि दिन सुरु गरिएको छ ।