प्रहरीले गर्यो एकै दिन १९ फरार अभियुक्त पक्राउ

काठमाडौं। तनहुँ प्रहरीले १९ जना फरार अभियुक्तलाई सोमबार पक्राउ गरिएको छ । विभिन्न अपराधका घटनामा सङलग्न रही अदातलबाट दोषी ठहर भई फरार रहेका ती व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षत्रीले बताउनुभयो ।

 

 

सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ जना, लुटपिट मुद्दा र गाली बेइजती मुद्दामा फरार रहेका दुई÷दुई जना, दुनियावादी फौज्दारी, सम्बन्ध विच्छेद, विस्फोटक पदार्थ, चोरी, सवारी ज्यान, अंशवण्डा मुद्दामा फरार रहेका एक÷एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको क्षेत्रीले जानकारी दिनुभयो ।

 

 

 

ती व्यक्तिहरुबाट दुई महिना तीन दिन कैद र ५५ हजार ५०१ रुपैयाँ जरिवाना वापतको रकम भुक्तानीको लागि तनहुँ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

 

तनहुँ प्रहरीले अदालतबाट फैसला भइ दण्ड जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तिब्र रुपमा अगाडि बढाएको छ ।