प्रेमगीत ‘ओ सजन २’ सार्वजनिक

काठमाडौं। थारू भाषाको प्रेमगीत ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ। थारू भाषामा आफ्नो प्रिय मान्छे एवं प्रेमीरप्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ।

 

 

यो गीतमा थारू भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुस्मीले स्वर दिएका छन्।रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा अभिनेता पल शाहको अभिनय रहेको छ।

 

 

 

गीतमा शाह र मधेसी समुदायबाट उदाएकी मोडल कविता रायको क्यामेस्ट्री देख्न सकिन्छ। गीतको शब्द र संगीत नरेश जोगीको रहेको छ ।

 

 

 

गीतमा सहकलाकारका रूपमा कृष्ण जोशी, जुरी ठाकुल, विद्या कार्की, लोकेन्द्रराज चौधरी रहेका छन् । गीतको भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको छ ।